सूचनाको शक्ति - The Power Of Information

        

‘एअरव्याग डिफेक्ट’ पाँच हजार कार फिर्ता लिँदै टोयटा

बेइजिङ । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।
‘टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही बर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीहरूलाई फिर्ता लिनेछ,’ टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अगाडीको यात्रुको सुरक्षाका लागि बनाइएको एअरव्यागमा नै समस्या भएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाट व्यापक चासो आएपछि कम्पनीले उक्त निर्णय लिएको हो । टाकता एअलव्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो संख्यामा लेक्सस आइएस २५०सी नामक कारलाई फिर्ता गर्न लागिएको हो । कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विनाशुल्क यसलाई फेरिदिने बताएको छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १८:३५