सूचनाको शक्ति - The Power Of Information

        

चैत १५ देखि कृषि तथा औद्यौगिक मेला

विराटनगर । समाज विकास केन्द्र नेपालद्वारा यही चैत १५ देखि २५ सम्म कृषि तथा औद्यौगिक मेला मोरङको बूढीगंगा गाउँपालिकामा हुने भएको छ । मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, चाउचाउ, बिस्कुट, जुत्ता, चप्पल, कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा, भोजपुर लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन गरी जम्मा ४९ वटा स्टल रहने केन्द्र अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले बताए । मेलामा स्थानीय थारू, राजवंशीको मौलिक खाद्य परिकारका भक्का बगिया राखिने भएको छ ।

स्थानीय कलाकारको दैनिक सांस्कृतिक प्रदर्शन गरिने कला संयोजक रमेश भट्टराईले जानकारी दिए । ३८ लाख खर्च लाग्नेछ भने रु दुई करोड बराबरको विभिन्न सामग्री बिक्री–वितरण हुने अनुमान छ । यसअघि दुई पटक कृषि मेला आयोजना गरिएको मेलाका सल्लाहकार कुमार कोइरालाले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार ०२:०८