सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकलको स्वरुप परिवर्तन गर्दा मुद्दा !


बाँके । मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्नु नयाँ विषय होइन । कम्पनीले निश्चित स्वरुपमा उत्पादन गरी बजारमा पठाएका मोटरसाइकललाई सामान्य मोडिफाई गर्नु अनौठो मानिँदैन । सामान्य मोडिफाई गरिएका मोटरसाइकलका बारेमा ट्राफिक प्रहरी नै अनभिज्ञ हुन्छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको सडक सुरक्षा जाँच टोलीले नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा चेकजाँच गर्ने क्रममा अनौठो गरी मोडिफाई गरिएको एउटा मोटरसाइकललाई नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको पछाडिपट्टीको अधिकांश भाग पुरै काटिएको छ भने अगाडिपट्टीको हेडलाइट समेत काटिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको नम्बर प्लेट, हेडलाइट, साइडलाइट साइलेन्सर काटेर मोडिफाई गरिएको छ । प्रहरीले उक्त मोटरसाइकलसँगै चालक र मोडिफाई गर्ने मिस्त्रीलाई नियन्त्रणमा लिएको छ । सवारी साधनको मोडिफाई गरेर ध्वनि प्रदुषण गर्ने कार्य गरेको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक र मोडिफाई गर्ने मिस्त्रीलाई सार्वजनिक मुद्दा दर्ता गरी आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । मोटरसाईकल चालक र मिस्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार ०९:२५