सूचनाको शक्ति - The Power Of Information

        

कैलाश हेलिकप्टरले पायो उडान अनुमति, शनिबार काठमाडौं लुक्ला फ्लाइट

काठमाडौं । कैलाश हेलिकप्टरले वायुयान सञ्चालन अनुमति पाएको छ। शुक्रबार नेपाल नागरिक उड्यन प्राधिरकणबाट संचालन अनुमतिपत्र (एओसी) पाएको कैलाश हेलिकप्टर सर्भसेज प्रालिले जानकारी गराएको हो।
अनुमति पाएसँगै शनिबारबाट नै उडान सुरु गर्ने कार्यक्रम प्रालिले तय गरेको छ। प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार शनिकार काठमाडौं लुक्लाको उडान हुनेछ।
युवा उद्यमी प्रवलजंज पाण्डे सहित रमेशकुमार पण्डित,सुनिल श्रेष्ठ,सिएन पाण्डे,श्रीहरि कुँइकेल,श्रीराम केसी, इश्वरी पौडेल र आशिष शेरचनको लगानीमा गत फागुन १९ गते फ्रान्स निर्मित एयरबस कम्पनीको हेलिकप्टर भित्र्याएको थियो। एएस३५० बि३इ नामको ९ए(एमएल हेलिकप्टर ३० करोड लगानीमा ल्याएको हो।
यो हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षेमता राख्ने लगानीकर्ताले बताएका छन्। हेलिकप्टर भित्र्याएदेखि नै मुलुका विभिन्न स्थानमा व्यवसायीक विस्तारका गतिविध गरेको प्रालिले दुर्गम क्षेत्रमा अत्याबश्‍यक सेवा दिन केन्द्रीत हुने प्रवन्ध निर्देशक पाण्डेले बताए।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १५:०९