काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारी क्षेत्रमा रहेका सबै किसिमका सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेका छन् । विभिन्न किसिमका सिन्डिकेट देखिएको आफ्नो प्रमुख प्राथमिकता सिन्डिकेटको अन्त्य गर्नु हो । प्रादर्शिता, प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्य मान्यता अनुसार हुन सक्दैन भन्ने कुरालाई आवश्यतकता अनुसार कदम चालिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए । वैदेशिक रोजगारीमा देखिएका विकृति अन्त्य गर्ने कार्यमा केन्द्रित भई काम गर्ने प्रतिवद्धता जनाए । विष्टले विदेश जाने कामदारलाई आर्थिक तथा प्राविधिक समस्या उत्पन्न गरिएका कामहरुलाइ सुधार गर्ने बताए । नीतिगत व्यवस्था र कुटनीतिक अघि बढाई सुधार कार्यमा केन्द्रित हुने मन्त्री बिष्टले बताए । संविधानप्रद रोजगारीको सुनिश्चितता गर्न सरकार केन्द्रित हुने समेत बताएका छन् । रोजगारी र जनशक्ति दुबै योग्य बनाउने मन्त्रालयले काम अघि बढाउने काठमाडौं प्रदेश एकको इटहरी, प्रदेश दुईको जनकपुर र प्रदेश पाँच बुटवलमाबाट श्रम स्वीकृतीको व्यवस्था गरिने समेत जानकारी दिए । श्रम स्वीकृती प्रकिया छिट्टै कार्यन्यनमा ल्याउने बिष्टले बताए ।
।