सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा आयो टाटाको ‘कम्प्याक्ट एसयूभी नेक्सन’

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘जेन–नेक्स्ट लाईफ स्टाइल एसयूभी टाटा निक्सन’ नेपालमा सार्वजनिक गरेको छ । टाटा मोर्टसले नेपालको बढ्दो कम्प्याक्ट एसयूवी वर्गमा प्रवेश गर्दै आफ्नो ‘जेन–नेक्स्ट लाइफस्टाइल’ ल्याएको छ । फरक स्टाइलको प्रतिनिधित्व गर्ने ग्राहकहरुका लागि यसले विश्वव्यापी र समकालीन डिजाइनका साथै सर्वोत्कृष्ट टेक्नोलोजी र सुविधाहरुलाई एकै साथ ल्याएको छ ।


एसयूभि सार्वजनिक गर्दै टाटा मेटर्स इन्टरनेशनल विजनेस, प्यासेन्जर भेहिकलका बिजनेस यूनिटका हेड सुजन रोयले कम्पनीले अफ्नो उत्पादन र ब्राण्डलाई परिस्कृत र ग्राहकको बढ्दो अपेक्षालाइ समायोजन गर्दै जाने बताए । ‘टाटा नेक्सन मौलिक सोचाइमा उच्चतम चरणको परिवर्तन हो । जसले कम्पनीको गतीशील बजारलाई थप बृद्धि गर्नेछ,’ उनले भने । सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ राणाले टाटा नेक्सनको सार्वजनिकसँगै कम्पनी ‘ह्याचब्याक’ र ‘सेडान’बाहेक अर्काे वर्गमा उक्किलएको बताए ।
‘कमप्याक्ट एसयूवी वर्गमा यो हाम्रो पहिलो ठूलो कदम हो,’ उनले भने ‘बहुपरिचित टाटाबाट आएको यो उच्चस्तरीय उत्पादनबाट हामी गौरवान्वित छौं ।’ कम्पनीकाअनुसार टाटा नेक्सन एरोडाइमानिक सिल्हाइटको साथ एक पृथक डिजाइन हो । यसले स्पोर्टी चरित्रलाई हाइलाइट गरी स्पोर्टी कुपनका साथ एसयूवीको कार्यक्षमता संयोजन गरेर उक्त डिजाइनमा विकास गरेको छ । ‘जेन–नेक्स्ट लाईफ स्टाइल एसयूभी टाटा नेक्सन’ पाँच फरक रंगमा उपलब्ध हुनेछ ।
यो गाडी नेपालमा पेट्रोल र डिजेल दुवै भेराइटीमा उपलब्ध छ । गाडीमा ७५ हजार किमी अथवा ३ वर्षका वारेण्टीसहित टाटा नेक्सन आज शुक्रवारदेखि टाटाका रूमहरूमा उपलब्ध भएको छ । नेपालभर टाटाका २० आधिकारिक शोरुमहरु गाडी उपलब्ध हुनेछ । यो एक मात्र ६ स्पिड म्यानुवल ट्रान्समिसन कार हो । सिप्रदी ट्रेडिङले नेपाल भित्र्याएको टाटा निक्सन एसयुभी उपभोगक्ताले पेट्रोल र डिजेल कुन किन्ने हो छान्न सक्छन् ।
डिजलतर्फ १.५ लिटर इन्जिन छ । यो शक्तिशाली इन्जिन १०८ बीएचपी पावरका साथ २६० एनएमको सेगमेन्ट हो । यो टाटाको ६–स्पिड म्यानुवअल ट्रान्समिसन भएको गाडी हो । नेपालमा उपलब्ध यो सेगेमन्टका प्रतिस्पर्धी गाडीहरूमा ५–स्पिड म्यानुवल ट्रान्समिसन मात्र छन् । टाटा निक्सनमा आटोमेटिक म्यानुवल गियर सिस्टमको फिचर रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०७:००