सूचनाको शक्ति - The Power Of Information

        

हेलिकोप्टरबाट जिल्ला पुुर्याइयो मतपत्र


काठमाडौं । पहिलो चरण अन्तर्गत चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि मतपत्र जिल्ला पठाइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र जिल्ला पठाइएको आयोगले जनाएको छ । सोमबारसम्म पहिलो चरणमा चुनाव हुने २० जिल्लामा पत्रपत्र पुगिसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
मतपत्र छापिने वितिक्कै जिल्लाहरुमा पठाइएको भन्दै प्रबक्ता ढकालले नपुगेका जिल्लाहरुमा आ पुग्ने क्रममा रहेको बताए । ‘हिजोसम्म २० जिल्लामा पुगिसकेको छ,’ उनले भने, ‘बाँकी जिल्ला पनि आजसम्म पुग्छ, यहाँबाट पठाइसकिएको छ ।’ पहिलो चरण अन्तर्गत चुनाव हुने केही जिल्लाहरुमा यसपटक हेलिकोप्टरको प्रयोग गरी मतपत्र पुर्याइएको छ । सुरक्षा संवेदनशीलताका आधारमा हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाइएको हो । उच्च हिमाली क्षेत्रहरु र सुरक्षा थ्रेट भएका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपत्र जिल्ला पठाइएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार ०७:२९