Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 9:50 pm

अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश, ‘मेरो स्वास्थ्य राम्रो हुँदैछ’

मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ, र सुधार भइरहेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्रो हुँदै गइरहेको बताएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो सन्देश जारी गर्दै उनले मेजर अप्रेसनपछि पनि आफू बोल्न र उठेर बस्न सक्ने भएको बताएका छन् ।

यस्तो छ प्रधानमन्त्रीको सन्देश

एपिन्डसाइटिस कसैलाई पनि सूचना दिएर आउने रोग होइन । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलियो । त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि भएका हुनाले त्यसलाई हटाउनुपर्यो ।

त्यसकारण हप्ता÷दशदिन उपचारको क्रम लाग्ने नै भयो । तर, मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ, र सुधार भइरहेको छ । एउटा मेजर अप्रेसनपछि तपाईहरु देखिरहनु भएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अबस्थामा छु र समाचारहरु हेर्न सक्ने भएको छु । हिजो मैले १३ औं सागको उद्घाटन खेल पनि पुरै हेरेँ ।

हुन सक्छ कि सक्तैन भन्ने द्विविधा भएको बेलामा समाधान भएकोले खुशी लागेको छ । म राष्ट्रपति ज्यूलाई उद्घाटन गरिदिनुभएकोमा अरु सबैलाई सहभागी भइदिनुभएकोमा धन्यवाद दिन चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क राष्ट्र शिखरका खेलाडीहरु सबैलाई आग्रह गर्दछु ।