Loading... आजः शुक्रवार, मंसिर २७, २०७६/ Friday 13th December 2019 6:37 pm

रोल्पाको थवाङ र कञ्चनपुरको पुनर्वासमा नेकपा विजयी

बाँके । रोल्पाको थवाङ गाउँपालिका–१ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार जनकबहादुर बुढा विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनबाट नेकपा उम्मेद्वार बुढा विजयी भएका हुन् । १६.४ प्रतिशत मत खसेको थवाङमा १७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित भए ।

उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन् । मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार ९ मत बदर भएको छ । थवाङमा २०९ मत खसेको थियो । त्यहाँ एक हजार २७४ जना मतदाता भए पनि मतदानमा उत्साहपूर्ण सहभागिता थिएन ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पनि नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३१० मत पाएका छन् ।

उक्त वडामा भएका १ हजार १९९ मतदातामध्ये ९२४ मत खसेको थियो । प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन् । ४ मत भने बदर भएको छ ।