Loading... आजः शुक्रवार, मंसिर २७, २०७६/ Friday 13th December 2019 7:06 pm

गनापुरमा बस पल्टियो, १० जना घाइते (भिडियोसहित)

घटनाको थप विवरण आइसकेको छैन । 

बाँके । काठमाडौंबाट नेपालगन्जतर्फ आउँदै गरेको रात्री बस बाँकेको जानकी गाउँपलिका–६ गनापुरमा दुर्घटना भएको छ । दुर्घटनामा १० जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । यद्यपी घटनाको थप विवरण आइसकेको छैन ।

घाइतेहरु उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । बसभन्दा अगाडी गुडिरहेको मोटरसाइकलले बाटो काट्ने क्रममा साइड लाइट नदिएपछि एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।