Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 10:20 pm

नेपाली भूभाग मिचिएपछि ‘कालापानी हाम्रै हो’ र ‘कालापानी’ गीत सार्वजनीक (भिडियोसहित)

‘भारतको विस्तारवादी सोच सामू झुक्न नहुँने भन्दै नेपाली कला क्षेत्रबाट सचेत गराउन हामीले गीत निकालिका हौं ।’

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि समेटिएपछि सर्वत्र विरोध भइरहेको छ । सामाजिक सञ्जालदेखि देशभर विभिन्न तह र तप्काका मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । सीमा मिचिएको विषयलाई लिएर सत्तारुढ दलदेखि प्रतिपक्ष दलका भातृ संगठनसम्म सडकमा उत्रिएका छन् ।

नेपाली भूभाग मिचेको मान्य नहुने भन्दै उनीहरुले त्यसविरुद्ध कदम चाल्न सरकारमाथि दवाब दिइरहेका छन् । भारतले सीमा मिचेको विरोधमा नेपाली जनता जागिरहेको अवस्थामा धमाधम देशभक्तिका गीतहरु सार्वजनीक हुन थालेका छन् । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि कलाकारहरुले त्यसको विरोधमा देशभक्तिका गीतहरु बाहिर ल्याउन थालेका हुन् ।

यसै क्रममा नयाँ देशभक्ति गीत ‘कालापानी’ र ‘कालापानी हाम्रै हो’ सार्वजनिक भएका छन् । देशप्रेमको भावनाबाट ओतप्रोत ‘कालापानी’ गीतमा प्रभावन जेको शब्द र संगीत रहेको छ । गीतमा प्रभावनसँगै सपना गुरुङ, कुमार पौडेल, जीवन बडु, कुमार पौड्याल र विवेक चौलागाईको स्वर रहेको छ ।

नविन भट्टको सम्पादन रहेको ‘कालापानी’ गीतमा जीवन बडुको एरेन्ज तथा मिक्सिङ रहेको छ । उक्त म्युजिक भिडियो डिएआर म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ । गीतमा ‘कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर’ लगायतका सम्वादहरुलाई समेटिएका छन् ।

त्यस्तै गायक रामकुमारले देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ बजारमा ल्याएका छन् । गीतमा राजेन्द्रकुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय सिर्जना रहेको गीतले मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौँ भन्ने सन्देश दिएको छ । गीतमा रामकुमार कार्की, रामकुमार पौडेल, राजेन्द्रकुमार कार्की, कमला खड्का र पुजा विश्वकर्माको स्वर रहेको छ ।

मिचिएको सिमाना रक्षा गर्न एकजुट हुनुपर्ने सन्देश दिन आफुले ‘कालापानी हाम्रै हो’ गीत बनाएको रामकुमारले बताए । उनले मिचिएको सिमाना रक्षा गर्न एकजुट हुनुपर्ने सन्देश दिन गीतमार्फत आवाज उठाएको बताए । उनले भने, ‘भारतको विस्तारवादी सोच सामू झुक्न नहुँने भन्दै नेपाली कला क्षेत्रबाट सचेत गराउन हामीले गीत निकालिका हौं ।’