Loading... आजः शुक्रवार, मंसिर २७, २०७६/ Friday 13th December 2019 6:34 pm

कन्यादान मोक्षको बाटो हुँदैन

मानव दान गैरकानुनी हो, अमूर्त पुण्य कमाउने, मरिसकेपछिको लागि स्वर्गमा महल खडा गर्ने असान्दर्भिक कथाले छोरी चेली दान गर्नु झनै ठुलो पाप हो ।

हालै एउटा पारिवारिक विहेमा डाक्टर बाबुराम भट्टराईले गोडाको जल खाएनन् । पूर्व प्रधानमन्त्रीले सामाजिक विकृति घटाउन खोज्नु निकै सकारात्मक हो, के कन्यादानले मोक्ष देला । आफुले मरेपछि काल्पनिक गतिलो ठाउँ पाउने लालसामा छोरी चेली दान दिनु जायज होला यसबारे चर्चा हुन जरुरी छ । डाक्टर साबले आधा सामाजिक विकृति सच्याउन आग्रह गर्नुभयो ।

गोडाजस्तै हात धोएको पानी पनि खान पर्दैन, कन्यालाई दान पनि दिन हुन्न । कन्यादान गर्न हुँदैन पनि भनेको भए हजुरको के जान्थ्यो । मानव दान गैरकानुनी हो, अमूर्त पुण्य कमाउने, मरिसकेपछिको लागि स्वर्गमा महल खडा गर्ने असान्दर्भिक कथाले छोरी चेली दान गर्नु झनै ठुलो पाप हो । यस्तै आशक्ति र गलत लालसाले गर्दा हाम्रा चलन परिमार्जन गर्न जरुरी छ । अनौठा साँस्कृतिक आडमा हामीले अझै बढी पाप गर्दैछौ ।

कन्यादान हैन बैवाहिक व्यवस्थापन गरौं । बिवाह गरेर घरजम गराउने हो, दान दिएर मुक्त हुन नखोजौं, समाजका अग्रज ठुला नेताज्युबाट सम्बोधन होस । चलन त मिन्स नहुदै बच्चालाई दान दिने पनि थियो, लोग्ने सँगसँगै उसकी स्वास्नीलाई जिउदै जलाउने सतीप्रथा पनि थियो, अरु पनि थिए सच्चिएकै हुन्, यो कन्यादान पनि सच्याऔं । अग्रजहरुलाई अनुरोध छ ।