Loading... आजः शुक्रवार, मंसिर २७, २०७६/ Friday 13th December 2019 7:27 pm

तनावको कारण र निद्रा व्यवस्थापन

तनावको कारण निद्रा लाग्दैन र शारीरिक क्षमतामा ह्राश आउछ । राम्ररी निद्रा नलागे मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ र अनेकन औषधि उपचारमा भौतारिनु पर्छ । निद्रा व्यवस्थापन गर्न मात्रै सके पनि तनावका खराब असर कम गर्न सकिन्छ ।

तनावको कारण मान्छेको जीवनमा निकै उतार चढाव भएको छ, कतिको घर व्यवहार बिग्रेको छ भने कति जटिल बिमारी भएका छन । तनाव खासगरी काम गर्ने वातावरण नहुनु, आर्थिक बिश्रृंखलता, बेरोजगारी, गरेको काम पटकपटक बिग्रनु, परिक्षामा असफलता, माया प्रेममा धोका, झै–झगडा, पुरुषबाट महिलामा हुने दुर्व्यवहार, कौतुहलता, पारिवारिक बेमेल, सामाजिक अपहेलना, गलत कार्यको पश्चाताप, अधिक ध्वनि, प्रदुषण, अस्तव्यस्तता आदि कारणले हुन्छ ।

यस्तै कुनै समस्याबाट उम्किन नसक्नु, आवश्यकताभन्दा बढी सोच्नु, कल्पना गरिरहनु, पति पत्नीमा अविश्वास, बढ्दो पारिवारिक जिम्मेवारी, घट्दो सामाजिक मर्यादा, नकारात्मक सोच, निश्क्रिय जीवनशैली, परिश्रम र व्यायामको कमी, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घकालीन रोग, वृद्घावस्थामा सन्ततिको मायाको अभाव आदि अनेक कारणले तनाव हुन्छ । यी बाहेक अरु पत्ता नलागेका कारणले पनि तनाव हुन्छ ।

तनावको कारण निद्रा लाग्दैन र शारीरिक क्षमतामा ह्राश आउछ । राम्ररी निद्रा नलागे मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ र अनेकन औषधि उपचारमा भौतारिनु पर्छ । निद्रा व्यवस्थापन गर्न मात्रै सके पनि तनावका खराब असर कम गर्न सकिन्छ । निद्रा बढाउन निम्न कार्य गर्न र सक्रिय जीवनशैलीमा रहनु जरुरी छ :

निद्राको लाग्ने केही सरल उपाय :

  • निद्रा नलाग्ने कारणहरु के होला सकभर गहिरिएर आफै मनन गर्ने र पत्ता लगाउने ।
  • ती कारणहरुबाट बच्न खानपान र जीवनशैली सुधार्ने ।
  • हरेक दिन बिहान ब्रम्ह मुहुर्त यानि उज्यालो भई घाम नझुल्कदै उठने, व्यायाम गर्ने, कम्तीमा आधाघण्टा पसिना आउने गरी हिडने या परिश्रम गर्ने ।
  • साँझपख वा रातिको खानापछि पनि केही समय घर आसपास घुम्ने ।
  • दिउँसो नसुत्ने, राती १०/११ बजे सम्म सुतिसक्ने, सुत्नुअघि चिसो पानीले हात मुख, खुट्टा धुने, जिउ टाउको खुट्टामा तेल लगाउने, हल्का मालिस गर्ने ।
  • सुत्नुभन्दा १५/२० मिनट अघिदेखि मोबाइलको प्रयोग नगर्ने, सकभर सुत्दा मोबाइल स्वीच अफ गर्ने ।
  • साकाहारी बन्ने वा मासु खाएमा ५०/१०० ग्रामभन्दा बढी नखाने, खानासँगै पानी नखाने, दिनभर ४/५ लिटर सफा पानी पिउने ।
  • सफलताको कल्पना गर्ने, सधै सकारात्मक सोच्ने ।
  • सुत्नुअघि ईश्वर वा प्रकृतिप्रति अभिलाषा प्रकट गर्ने ।
  • आफ्नो परम्परागत चलन अनुसार भजन कीर्तन गीत संगीत गाउने, बनावटी भए पनि हास्ने, ब्रह्म मन्त्र (सर्वं खल्विदं ब्रम्ह) गुनगुनाउने ।

यस प्रकारले निद्रालाई फकाउने र निदाउन प्रयास गर्नुपर्छ । मानिसले दिनमा उमेर अनुसार बालबालिकाले ८/१० घण्टा र वयस्कले ६/७ घन्टा मिठो निद निदाउनुपर्छ । यसले शारीरिक तथा मानसिक स्वास्थ्यको महत्वपूर्ण फाइदा गर्छ । निद्रा नपुगे शरीर थाक्ने, कमजोरी हुने, झर्को लाग्ने, नियमित काममा ध्यान नजाने, निर्णयमा द्विविधा हुनेजस्ता अनेकौं समस्या आउछन् र जीवन कष्टकर बन्न सक्छ । अझ दीर्घकालीन रोग भएकालाई झनै जोखिम हुन्छ । सुगर, उच्च रक्तचाप, मुटुको रोग, किड्नीको समस्या, डिप्रेसनलगायत दीर्घकालीन रोगहरु बल्झेकाले झनै सतर्कता अपनाउनुपर्छ ।