सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको डीआइजी बढुवामा कसरी छुटे पहिलो नम्बरका राना ?

नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार रिक्त पाँच डीआइजीका लागि पाँच एसएसपीको नाम सिफारिस गरेको हो ।

जसअनुसार ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सिफारिसमा परेका छन् । कार्की नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालय नक्साल, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा कार्यरत छन् ।

त्यस्तै आचार्य लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुुन्धान कार्याल काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत छन् ।

एसएसपीको पहिलो नम्बरमा भए पनि मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख ओमबहादुर राना भने बढुवामा छुटेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट पछि नेपाल प्रहरीमा आएका राना विगतमा पटक–पटक कारबाहीमा परेका थिए ।

उनी २०६६ भदौ २१ गते कारबाहीमा परेका थिए । त्यतिबेला उनलाई दुई वर्षका लागि बढुवा रोक्का गरिएको थियो । त्यसको दुई वर्षपछि फेरि कारबाहीमा परे । २०६८ मंसिरमा २ ग्रेड २ वर्षका लागि रोक्का गरिएको थियो । २०७८ असार १३ गते पनि उनलाई विभागीय कारबाही भएको थियो ।

रानाकै ब्याचीहरु भने यसअघि दुई चरणमा डीआइजी बढुवा भइसकेका छन् । आगामी चैतमा ती मध्ये केही एआइजी बन्नेछन् । एसएसपीमा अगाडी भए पनि विवादित भएकै कारण बढुवा समितिले उनलाई छुटाएर २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीबाट क्रमशः बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १५:२९

लोकप्रिय