‘हनी ट्रयाप’ मुद्दाका फरार प्रतिवादी प्रहरी निरीक्षक विनुकुमारी शाही अदालतमा हाजिर भएकी छन् । उनी आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी प्रहरीले जनाएको छ ।
उनी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागको प्रमुख रहँदा एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुली गरेको आरोप थियो । प्रहरीको अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता देखिएपछि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।
भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमालविरुद्ध समेत मुद्दा दायर गरिएको थियो । उनी भने साधारण तारेखमा छुटिसकेका छन् । हनी ट्रयाप घटनामा इटहरीकी सुष्मा विक, ताज मूल इस्लाम र भीमादेवी थापा पक्राउ परेका थिए ।
ताज हाल पुर्पक्षका निम्ति थुनामा छन् । आरोपित दर्शन पोखरेल अझै फरार छन् । उनीहरूले एक व्यवसायीलाई सहमतिको सम्बन्धलाई बलात्कारमा फसाउने भन्दै रकम असुल गरेका अभियोग छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं