सूचनाको शक्ति - The Power Of Information

        

रुसले भन्यो, ‘अर्को क्यान्सर खोपको पनि चाँडै घोषणा गर्छौँ’

रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ । रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०२५ वाट नै आफ्ना जनतालाई निःशुल्क लगाउने घोषणा गरिसकेको छ । तर, रुसभन्दा बाहिरका देशका नागरिकले प्रत्येक खोपको कम्तिमा चार लाख नेपाली रुपैयाँ बराबर रकम तिर्नु पर्नेछ ।

यसैबीच सी स्वास्थ्य मन्त्रालयको नेशनल मेडिकल रिसर्च रेडियोलोजिकल सेन्टरको वेबसाइटका अनुसार क्यान्सरसँग लड्न दुई प्रकारका अनुसन्धान भइरहेको जानकारी दिएको छ । उसका अनुसार यीमध्ये पहिलो एमआरएनए भ्याक्सिन हो, जो उसले केही दिनअघि मात्र घोषण गरेको हो भने दोस्रो ओन्कोलाइटिक भाइरोथेरापी हो, जो केही समयमा औपचारिक घोषणा गर्दैछ ।

यस थेरापी अन्तर्गत क्यान्सर कोशिकाहरूलाई लक्षित गरी प्रयोगशालामा परिमार्जन गरिएका मानव भाइरसहरूद्वारा संक्रमित गरिन्छ । जसका कारण क्यान्सर कोशिकाहरूमा भाइरस आफैं बढ्छ । फलस्वरूप क्यान्सर कोशिका नष्ट हुन्छन् ।

अर्थात् यस थेरापीमा ट्युमरलाई सिधै नष्ट गर्नुको सट्टा रोग प्रतिरोधात्मक क्षमता सक्रिय गरेर क्यान्सरका कोशिकाहरूलाई नष्ट गरिने छ । यस थेरापीको लागि बनाइने भ्याक्सिनको नाम एन्टेरोमिक्स हो । यस खोपको अनुसन्धान चक्र पूरा भएको छ । छिट्टै घोषणा हुन सक्ने रुसी मिडियाले जनाएका छन् ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार ११:०९

लोकप्रिय