मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ३७ जनाले शून्य मत पाएका छन् । यसको अर्थ उनीहरुले आफैंलाई पनि भोट हालेनन् । निर्वाचन आयोगको विवरण अनुसार आफैंलाई भोट नहाल्ने र अरुले एक जनाले पनि नपत्याएका उम्मेदवार अधिकांश स्वतन्त्र हुन् ।
२०७९ को निर्वाचमा स्वतन्त्रबाट निर्वाचित भएका बालेन साह, हर्क साम्पाङ र गोपी हमालको चर्चाले स्वतन्त्रको लहर चलिरहँदा हालै सम्पन्न उपनिर्वाचनले भने निरुत्साहित बनाएको छ । यस निर्वाचनमा एक पदमा दलिय प्रतिनिधिको भन्दा स्वतन्त्रहरुको लर्कोले गर्दा मत छिन्नभिन्नको अवस्था रह्यो । जसको परिणाम स्वरुप ३७ उम्मेदवार शुन्य मतमा सिमित भए ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का ७ जना स्वतन्त्र उम्मेदवारले शून्य मत ल्याए । आफूले आफूलाई भोट नहाल्ने यी उम्मेदवार हुन्, विशेश्वर मण्डल, सञ्जयकुमार यादव, हुकुमा सिंह, रविकुमार मण्डल, नरेश सदा, विनोद मण्डल र रञ्जितकुमार यादव । यसैगरी महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का ९ जना स्वतन्त्र उम्मेदवारको पनि शून्य मत आएको छ ।
यी उम्मेदवारमा रामऔचार यादव, विजयकुमार सिंह, मोहम्मद इमामुदिन खाँ, राकेशकुमार यादव, गंगाप्रसाद यादव, नजामुद्दिन खाँ, राजदेव यादव, मोहम्मद अरमान रजा खाँ र मुकेश्वर ठाकुर रहेका छन् । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ का स्वतन्त्र उम्मेदवार शेख अमानुलाल, शेख शकिल र सफदर ईमामले पनि शून्य मत ल्याएका छन् । रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ८ का स्वतन्त्र ७ जना उम्मेदवारको पनि एक मत पनि आएन ।
यसमा अनिलकुमार यादव, चन्द्रीकाप्रसाद यादव, रामसागरराय यादव, नारेन्द्र ठाकुर, रामविधार्थ जैयसवाल, रामविश्वासराय यादव र श्रीश्यामप्रसाद यादव रहेका छन् । रौतटहकै राजपुर नगरपालिका वडा नम्बर ६ का ३ जना स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले पनि आफूलाई मतदान गरेनन् । यसमा सफि उल्लाह, साहिदप्रवेज मंसुरी र शेखमहोमद मुस्ताक रहेका छन् । बागमती प्रदेशमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका २ जना स्वतन्त्र उम्मेदवारलाई शून्य मत आएको छ । उनीहरु रमेश पुडासैनी र विक्रम चित्रकार हुन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्षका उम्मेदवार अर्जुन घलान, लुम्बिनी प्रदेशमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार पोमानन्द खरेल र कुलबहादुर थापा तथा कपिलबस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार अब्दुल मुयीदमु, सर्वजीत मल्लाह, रमेशकुमार पाण्डे र पुजारी थारुले पनि आफुलाई मतदान नगरेपछि शून्य मत भएको छ । उपचुनावमा १९ जना उम्मेदवारले एक मतमात्रै प्राप्त गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं