नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)का पाइलटको आन्दोलनका कारण निगमको उडान प्रभावित भएको छ । पाइलटहरूले हडताल गरेपछि निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । सेवा सुविधा कम भएको भन्दै निगममा स्थायी पाइलटहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
विमानस्थल पुगेका यात्रुहरू पाइलट आन्दोलनका कारण घण्टौँ बसेर फर्किन बाध्य भएका छन् । आन्दोलनले काठमाडौं–मुम्बई तथा काठमाडौं–दुबई उडान प्रभावित भएको छ । काठमाडौं–मुम्बई उडानका १४९ यात्रु र काठमाडौं–दुबई उडानका १६४ यात्रु विमानस्थल पुगेका थिए । दिल्लीबाट काठमाडौं आउने यात्रुहरूलाई समेत अन्तिम समयमा उडान रद्द भएको भन्दै फर्काइएको छ ।
‘दिउँसो ३ः५० को फ्लाइट थियो । विमानस्थलमा आएपछि आफैँ ट्याक्सी चढेर होटेल जानुस् र भोलिमात्रै उडान हुन्छ भन्ने जानकारी दिए,’ दिल्लीबाट काठमाडौं आउन लागेकी पुनम सिंहले भनिन्, ‘कुरा गर्दा कर्मचारी पनि अघि आएनन् । राम्रोसँग जानकारी पनि छैन । यस्तो लापरबाही पनि हुन्छ ? हामीलाई उबर चढेर जानुस् र रिसिप्ट ल्याएर पैसा लिनुस् भन्छन् ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक जगन्नाथ निरौलाले काठमाडौं–मुम्बई उडान आजै हुने र दुबई जाने यात्रुहरूलाई निगमले होटेलमा लगेर राखेको बताए । ‘काठमाडौं–मुम्बई बेलुका राति ९ बजे उडान हुने र दुबईको आजलाई क्यान्सिल गरेको छ,’ निरौलाले भने, ‘दुबई जाने यात्रुहरूलाई होटेलमा लगेर राखेको छ ।’
निगमका स्थायी पाइलटले सेवा सुविधा कम भएको भन्दै आइतबारदेखि हड्तालमा उत्रिएका हुन् । निगममा पाइलटको करार र स्थायी गरी दुई दरबन्दी छ । स्थायी पाइलटले सेवा सुविधा कमी भएको भन्दै आन्दोलनमा उत्रिएको नेपाल वायुसेवा निगम प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं