अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेको छ । हाल २० प्रतिशत भन्सारसुल्क लाग्दै आएकामा १० प्रतिशतमा झारिएको मन्त्रालय स्रातले जनाएको छ ।
गत शुक्रबारको मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) र उपदफा (३) बमोजिमको भन्सार महसुल छुट सम्बन्धी निर्णय अर्थ मन्त्रालयबाटै गर्न भनेर स्वीकृति दिएपछि मन्त्रालयले सोही अनुसार महसुलदर घटाएको हो ।
त्यस्तै, चाँदीको पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । भारतमा भन्सार महसुल कम र नेपालको भन्सार महसुल बढी भएकाले भारतबाट तस्करी बढेको भन्दै व्यवसायीहरूले भन्सार महसुल घटाउन दबाब दिँदै आएका थिए ।
भारतमा हाल सुनमा ६ प्रतिशतमात्र भन्सार रहेको व्यवसायीले बताएका छन् । नेपालमा हाल दैनिक २० किलोका दरले बैंकहरूले सुन आयात गर्दै आएका छन् । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले नयाँ दर आजैदेखि कार्यान्वयनमा आएको जानकारी दिए ।
‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ उनले भने । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेको भन्सार दर २० पुर्याएको थियो । उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो ।
त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं