राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।
यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति पौडेलले आइतबार सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।
राष्ट्रपतिले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं