चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि एक पटक रगत अभाव सुरु भएको छ । जाडोको मौसममा अन्य समयको तुलनामा रक्तदान कम हुने हुँदा रगत अभाव सुरु भएको नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ ।
केही दिनअघि मात्रै एकजना स्थानीय पत्रकारलाई डेंगु भएपछि रगत खोज्दा रगत पाउन निकै समस्या परेको जनाउँदै नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रक्तदानका लागि विभिन्न संघसंस्थालाई फेरि आग्रह गरिएको बताए ।
उनले पश्चिम नेपालकै प्रमुख केन्द्रको रुपमा रहेको बाँकेमा विभिन्न जिल्लाबाट बिरामी रिफर भएर आउने तथा यहाँ पनि रगतको आवश्यकताका बिरामी धेरै भर्ना हुने हुँदा रगतको संकलनभन्दा माग धेरै बढी हुने गरेको बताए ।
रगत अभाव कम गर्न रक्तदानका लागि आग्रह गरिए बमोजिम गरिमा विकास बैंक क्षेत्रीय कार्यालय कोहलपुरले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेर एकै दिन ६५ जनाबाट रगत संकलन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा कोहलपुरको प्राविधिक सहयोगमा बैंकले बृहत रक्तदान कार्यक्रम गरेर ६५ पिन्ट रगत संकलन गरेको प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ । गरिमा विकास बैंकका कोहलपुर शाखा प्रबन्धक श्रवण न्यौपानेले वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेर ६५ जनाले रगत गरेको जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके