विश्व टेलिभिजन दिवस हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । सन् १९९६ मा संयुक्त राष्ट्रसंघले टेलिभिजनको महत्त्वलाई स्वीकार गर्दै यस दिनलाई स्थापना गरेको हो । यस दिवसले टेलिभिजनले शिक्षा, सूचना र सांस्कृतिक आदानप्रदानमा पुर्यासएको योगदानलाई उजागर गर्दछ । विश्वव्यापी रूपमा टेलिभिजनले समाजलाई एकसूत्रमा बाँध्ने, चेतना फैलाउने र मानिसहरूलाई मनोरञ्जन प्रदान गर्ने महत्त्वपूर्ण भूमिका खेलेको छ ।
विश्वभर टेलिभिजनको विकास द्रुत गतिमा भएको छ । सन् १९२७ मा टेलिभिजनको आविष्कार भएपछिका दशकहरूमा यो प्रविधि निरन्तर विकसित हुँदै आजको डिजिटल युगसम्म आइपुगेको छ । अहिले स्मार्ट टिभी र अनलाइन स्ट्रिमिङ सेवा (जस्तैः नेटफ्लिक्स, प्राइम भिडियो, युट्युब)ले परम्परागत टेलिभिजनलाई पूर्णतः परिवर्तन गरिदिएका छन् । नेपालमा टेलिभिजनको इतिहास तुलनात्मक रूपमा छोटो भए पनि यसको प्रभाव महत्त्वपूर्ण छ । सन् १९८५ मा नेपाल टेलिभिजनमार्फत सुरुवात भएको टेलिभिजन सेवाले देशभर मानिसहरूलाई सूचना र मनोरञ्जन प्रदान गर्दै आएको छ ।
पछिल्लो समयमा डिजिटल टिभी र अनलाइन प्लेटफर्महरूको लोकप्रियताले ग्रामीण भेगसम्म पनि टेलिभिजनको पहुँच पुर्याएको छ । विकिपीडियाका अनुसार हाल नेपालमा १४६ वटा टिभी च्यानलहरु रहेका छन् । जसमध्ये लोकप्रियताका आधारमा नेपाल टेलिभिजन ४७ प्रतिशत, कान्तिपुर टेलिभिजन ३५ प्रतिशत, हिमालयन टेलिभिजन ३४ प्रतिशत, इमेज च्यानल ६.४ प्रतिशत, एपीवान टेलिभिजन १४.६ प्रतिशत, नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ९.५ प्रतिशत, न्यूज ट्वान्टीफोर ८ प्रतिशत, एभिन्यूज टेलिभिजन ५.५ प्रतिशत, एनटिभी प्लस ४.५ प्रतिशत, सगरमाथा टेलिभिजन ४.० प्रतिशत, एनटिभी न्यूज ३.५ प्रतिशत, टिभी फिल्मी ३.३ प्रतिशत, एबिसी टेलिभिजन २.९ प्रतिशत, प्रतिशत प्रमुख छन् ।
टेलिभिजनको प्रयोगले मानव समाजमा विभिन्न परिवर्तन ल्याएको छ । यसले शिक्षा, सूचना र मनोरञ्जनको माध्यमका रूपमा सकारात्मक भूमिका खेलेको छ । शैक्षिक कार्यक्रम, डकुमेन्ट्री र समाचारले मानिसलाई संसारभरका घटनाक्रमबारे सजिलै जानकारी दिन सहयोग गरेको छ । यो मात्र नभई सांस्कृतिक आदानप्रदान र प्राकृतिक प्रकोप जस्ता आपत्कालीन अवस्थामा सूचना प्रवाह गर्न टेलिभिजन प्रभावकारी माध्यम बनेको छ । मनोरञ्जनका लागि चलचित्र, संगीत र खेलकुद कार्यक्रमहरूले मानिसलाई तनावमुक्त गर्न मद्दत गरेको छ ।
तर, टेलिभिजनको प्रयोगले केही विसंगतिहरू पनि निम्त्याएको छ । धेरै समय टेलिभिजन हेर्ने बानीले मानिसलाई शारीरिक र मानसिक रूपमा निष्क्रिय बनाइदिन्छ । साथै, केही च्यानल र कार्यक्रमहरूले गलत सूचना वा अश्लील सामग्री प्रसारण गर्दा समाजमा नकारात्मक प्रभाव परेको छ । विशेष गरी बालबालिका र किशोरकिशोरीहरूमा टेलिभिजनका अस्वस्थ सामग्रीले गलत मानसिकता विकास गर्न सक्छ । लामो समयसम्म टेलिभिजन हेर्दा आँखा र स्वास्थ्यमा समस्या देखिने, सामाजिक सम्बन्धमा टुटफुट आउने र मानिसहरू व्यक्तिगत रूपमा असंवेदनशील बन्ने समस्या पनि बढ्दो छ ।
यसकारण, टेलिभिजन मानव समाजका लागि शक्तिशाली उपकरण हो । यसको सही प्रयोगले शिक्षा, सूचना र सांस्कृतिक चेतनाको विकास गर्न सकिन्छ भने दुरुपयोगले समाजमा विसंगति ल्याउन सक्छ । नेपालजस्तो देशमा टेलिभिजनले ग्रामीण क्षेत्रका मानिसहरूलाई जागरुक बनाउन र सकारात्मक परिवर्तन ल्याउन अझ ठूलो भूमिका खेल्न सक्छ । यसलाई विवेकपूर्ण रूपमा प्रयोग गर्नु नै यसको प्रभावकारिताको मूल कुंजी हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सुनिल अर्याल । काठमाडौं