सूचनाको शक्ति - The Power Of Information

        

कस्तो हुनेछ आजको मौसम ?

देशका केही भू–भागमा वर्षा र हिमापातको सम्भावना छ । पहाडी भू–भागका एकदुई स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । आज राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ०६:२२

लोकप्रिय