हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई ‘आइकोनिक प्लेयर्स’मा छनोट गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीबाट कर्णाली याक्सले विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो ।
आइकोनिक खेलाडी बनेसँगै विपिनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउने छन् । कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो । उनीहरूले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको क्लबले बताएको छ ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो । ३८ वर्षीय बायाँहाते ओपनरले भारतसँगै आइपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् ।
उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् । त्यस्तै, वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ । टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् ।
अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै, टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली