सूचनाको शक्ति - The Power Of Information

        

तीन महिनामा नेपाल टेलिकमको खुद नाफा एक अर्ब ७३ करोड

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एक अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब दुई करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत वर्ष ८ अर्ब ५८ करोड रहेको सञ्चालन आम्दानी यस अवधिमा आठ अर्ब ६८ करोड नाघेको छ । समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा ४५.०५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ३८.६६ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने ५३५.०९ रहेको छ ।

ओटीटी सेवाले कम्पनीको समग्र भोइस/एकएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको कम्पनीले जनाएको छ । बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेकोले लागतसमेत बढिरहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ११:२८

लोकप्रिय