राष्ट्रपति कार्यालय शीतल निवासको बगैँचा सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ । बगैँचा सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो ।
कार्यालयले कार्यालयको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ । कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो । मूल्याङ्कन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं