नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि आफ्नै प्रक्रियामा लाग्ने बताएका छन् ।
प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन् । ‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेको छ ।’
बक्यौता उठेन भने अब नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि बक्यौता उठाउन अघि बढ्नेमा विश्वस्त रहेको उनको भनाइ छ । ’प्राधिकरण आफ्नो ऐन कानुनमा रहेर बक्यौता उठाउन अघि बढ्नेछ, यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत् नियमन आयोगको निर्देशन अनुसार तीन महिना सुविधा दिएका थियौँ ।’
अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेको भन्दै उनले अब सबै सर्वसाधारण सरोकारवालाको चासोको विषय रहेको उनले बताए । लाइन काट्ने र जोड्ने गर्नुभन्दा दिर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले विद्युत् महसुल उठाउने विषयमा जनताको साथ खोजेको पनि बताएका छन् ।
बक्यौता विद्युत् महसुल उठाउने विषय अब विद्युत् प्राधिकरण, मन्त्रालय वा सरकारको विषय मात्रै नभएको भन्दै उनले जनताको तहमा पुगिसकेको बताएका हुन् । अहिले बक्यौता भुक्तानीका लागि दिएको १५ दिनभित्र पनि बक्यौता रकम नतिरे यसमा सर्वसाधारणकै तहबाटै आवाज उठ्ने उनले अपेक्षा गरे ।
उनले भने, ‘अब यो विषय नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, प्राधिकरणको मात्रै नभएर आम मिडिया र पब्लिकको सरोकारको विषय भयो । आम जनसरोकारको विषय भएकोले यसलाई आम पब्लिकबाट पनि गम्भीर रूपमा उठ्नेछ भन्ने मलाई लागेको छ ।’
यो समाधानको अन्तिम चरणमा आइसकेको थियो भन्दै उनले सरकारको निर्देशनका कारण फेरि लाइन जोडेको बताए । उनले आफूले पुरानो बक्यौता नतिरी लोड स्वीकृत नै नगर्ने नीति लिइएको भए पनि दोस्रो कार्यकाल सुरु हुनुभन्दा अगाडि थप लोड स्वीकृत भएको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं