प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सत्तारुढ नेपाली कांग्रेसले जम्मा गरेको ५० लाख रुपैयाँ गायब भएको छ । प्रधानमन्त्री कार्यालयले कार्तिक २६ गतेसम्म सहयोग गर्ने दाताहरूको सूची सार्वजनिक गरेको छ, जसमा कांग्रेसको नाम र सहयोग रकम उल्लेख छैन ।
कांग्रेसले बाढी पहिरो पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि भनेर गत असोज २० गते दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्रीमार्फत ५० लाख रुपैयाँ जम्मा गरेको थियो । उक्त रकम अहिले गायब भएको हो ।
यसबारे जिज्ञासा राख्दा कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल आफूहरूले दिइसकेको यसबारे प्रधानमन्त्री कार्यालयमै बुझ्न आग्रह गरे । उनले भने, ‘हामीले बाढीपहिरो पीडितका लागि भनेर दिइसकेका हौं । त्यसपछि थप के भयो त्यो उतै (प्रधानमन्त्री कार्यालय) बुझ्नु होला ।’
त्यसपछि यसबारे प्रधानमन्त्री कार्यालयसँग बुझ्न पटक–पटक सम्पर्कको प्रयास गर्दा कोही पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् । दैवीप्रकोप उद्धार कोषमा हालसम्म ८६ दाता तथा विवरण नखुलेका अन्यबाट गरी कुल एक अर्ब ८९ करोड ३४ लाख ८१ हजार ४६७ रुपैयाँ जम्मा भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं