सूचनाको शक्ति - The Power Of Information

        

घ्यु सेवनले बढाउँछ तपाईँको आयु !

घ्यु एकदमै पोषिलो खानेकुरा हो । बालकदेखि वृद्धासम्म हरेक उमेर समूहका व्यक्तिहरूका लागी यसले पोषण प्रदान गर्छ । खानासँग, रोटीसँग र अन्य खाना–खाजासँग यसलाई खान सकिन्छ ।

सामान्यतः खानामा धेरै प्रयोग गरिने घ्यूले शरीरको तौल बढाउने विश्वास गरिन्छ । तर, घ्यूमा पाइने थुप्रै प्रकारका पोषण तत्त्वका कारण स्वास्थ्यमा थुप्रै फाइदा दिनुका साथै यसले शरीरमा थप तौल बढाउनुको सट्टा कम गर्न मद्दत गर्छ । यस्तै अन्य विविध फाइदाहरू पनि छन् ।

यस्ता छन् घ्यु सेवनबाट मिल्ने लाभहरु

  • सामान्यतया घ्यू भैँसी र गाईको दूधबाट बनाउने गरिन्छ । यसका साथै, बाख्रा, भेडा, चौँरी आदिको दूधबाट पनि घ्यू तयार पारिन्छ । नेपाली खानामा धेरै प्रयोग हुने घ्यूमा ९९.९ प्रतिशत फ्याटको मात्रा पाइन्छ । घ्यू सेचुरेटेड फ्याटबाट तयार गरिन्छ । त्यसैले यसलाई जुन ठाउँमा राख्दा पनि बिग्रिने समस्या हुँदैन ।
  • घ्यूमा हुने फ्याटी एसिड संरचनाको विषयमा गरिएको अनुसन्धानका अनुसार घ्यू डोकोस्याक्सिनोइक एसिडको राम्रो स्रोत मानिन्छ । डोकोस्याक्सिनोइक एसिड सबैभन्दा लोकप्रिय ओमेगा ३ फ्याटी एसिड पाइन्छ । ओमेगा ३ फ्याटी एसिड उचाइ बढाउन आवश्यक डाइट मानिन्छ ।
  • डोकोस्याक्सिनाइक एसिडले क्यान्सर, हृदयघात, इन्सुलीन प्रतिरोध, हाडजोर्नीको दुखाई जस्ता समस्याबाट बचाउँछ । घ्यूले शरीरलाई विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । आयुर्वेदका अनुसार घ्यूले आयु बढाउन पनि मद्दत गर्छ ।
  • यदि तपाई तौल घटाउने योजनामा हुनुहुन्छ भने दुई चम्चा घ्यूको सेवन गर्ने गर्नुहोस् । यसमा भएको अमिनो एसिडले फ्याट सेल्सको आकार सानो बनाउँछ ।
  • घ्युले छाला स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ ।
  • यसैगरी कब्जियतका बिरामीलाई पनि घ्यु सेवन निकै फाइदाजनक हुन्छ ।
  • शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
  • यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने काम समेत गर्छ ।
  • यसले शरीरमा भिटामिन डी अवशोषित गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घ्यु महत्त्वपूर्ण छ ।
  • घ्यु सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ ।
  • शरीरलाई चङ्गा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पुर्याउँछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ०८:००

लोकप्रिय