सूचनाको शक्ति - The Power Of Information

        

दीपक मनाङे काठमाडौंबाट पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।

उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय सुनाएको छ । मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक–पटक मन्त्री समेत बने ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार ११:१३

लोकप्रिय