सूचनाको शक्ति - The Power Of Information

        

धान चामलको आयात ३२ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको दुई महिनामा ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ बराबरको धान चामल आयात भएकोमा चालू आर्थिक वर्षमा भने आयात घटेको हो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा धान चामलको आयात ३२.७ प्रतिशतले घटेको हो । नेपालमा सबैभन्दा धेरै आयात हुनेमा धान चामल पनि पर्दछ ।

यस्तै, कच्चा सोयाबिन तेलको आयात पनि २१.२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोढ ४५ लाख रुपैयाँ बराबर आयात भएको कच्चा सोयाबिन तेल चालू आर्थिक वर्षमा २ अर्ब ३६ करोड २ लाख रुपैयाँ बराबरको आयात भएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ०८:१४

लोकप्रिय