सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि असोज १८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १५:१४

लोकप्रिय