सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थलमै ढलेर शेरबहादुरको मृत्यु

धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले ढलेर बेहोस भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए । उनको हृदयघातका कारण मृत्यु भएको आशङ्का गरिएको छ । बोहोराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार १८:०५

लोकप्रिय