सूचनाको शक्ति - The Power Of Information

        

साढे १२ सय कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सरकारले करिब एक हप्ताका बीचमा ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरूको सरुवा गरेको हो ।

केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बुधबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिवको सरुवा भएको छ ।

उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ ।

निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ । निजामती सेवा नियमावली, २०५० ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ ।

त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ । त्यसअनुसार अहिले मन्त्रालयले कर्मचारीहरूको नियमित सरुवा गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १२:२४

लोकप्रिय