सूचनाको शक्ति - The Power Of Information

        

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा

पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ । गएरातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै सडक खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ११:५६

लोकप्रिय