सूचनाको शक्ति - The Power Of Information

        

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली हुँदा गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान माहाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको पनि मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ०८:३७

लोकप्रिय