एक भारतीय श्रमिकको भाग्य रातारात बदलिएको छ । मध्यप्रदेशको एक खानीमा काम गर्ने क्रममा उनले ठूलो हिरा भेट्टाएका हुन् । उनले खोतलेको १९.२२ क्यारेटको हिराले सरकारी लिलामीमा ८० लाख भारु मूल्य पाएको बीबीसीले जनाएको छ ।
राजु गौण्ड नामका ती श्रमिकले पन्ना सहरमा १० वर्षयता खानी भाडामा लिएर हिरा खोज्दै आएका थिए । पन्नालाई हिरा खजाना भएको सहरका रुपमा लिइन्छ । त्यहाँ मानिसहरुले सरकारसँग खानी भाडामा लिएर हिराको खोजी गर्ने गरेका छन् ।
पन्नामा भारत सरकारको राष्ट्रिय खनिज विकास निगमले हिरा खानी परियोजना सञ्चालन गराउँछ । यसमा व्यक्ति, परिवार र सहकारी समूहले पनि कम गहिराइमा उत्खनन गर्न पाउँछन् । जब हिरा भेटिन्छ, सरकारी हिरा कार्यालयमा बुझाइन्छ । सोही कार्यालयले हिराको मूल्यांकन गर्छ ।
२०० देखि साढे २०० रुपैयाँसम्म मै खानी भाडामा लिन पाइने एक सरकारी अधिकारी बताउँछन् । सन् २०१८ मा एक श्रमिकले डेढ करोड भारु मूल्य बराबरको हिरा फेला पारेका थिए । तर सधैँ यतिका मूल्यवान् हिरा भने भेटिँदैनन् ।
गौण्डका अनुसार उनका बुबाले दुई महिनाअघि मात्र उक्त खानी भाडामा लिएका थिए । मनसुन सिजनमा उनीहरुले खानी लिएर हिरा खोज्ने गरेका छन् । गौण्डका अनुसार उनीहरु गरिब छन् र अन्य कुनै आयस्रोत पनि छैन । सोही कारण हिरा खोज्ने गरेको उनी बताउँछन् ।
उनले मानिसहरुले हिरा भेट्टाएको सुनेका थिए । एक दिन आफूले पनि फेला पार्ने आशमा खानीमा काम गरिरहेका थिए । बुधबार बिहान पनि सधैँझैँ हिरा खोज्न गएका थिए । भाग्य उनको पक्षमा थियो । मूल्यवान् हिरा फेला पारे ।
फेला पारेको हिरा सरकारी कार्यालयमा बुझाएका थिए । जुन हिरा अर्को पटक लिलाम बढाबढमा बिक्री हुनसक्ने सरकारी कार्यालयले जनाएको छ । बिक्रीपछि गौण्डले सरकारी रोयल्टी र करकट्टापछि उनको रकम पाउनेछन् ।
त्यो रकमले राम्रो घर बनाउने, छोराछोरी पढाउने र पाँच लाख ऋण तिर्ने उनको योजना छ । उक्त रकम आफूसँगै बस्ने १९ आफन्तलाई भाग लगाउने उनको भनाइ छ । उनी फेरि खानीमा हिरा खोज्न जाने तरखरमा छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं