सूचनाको शक्ति - The Power Of Information

        

जेब्राको शरीरमा किन हुन्छ काला धर्काहरू ?

जेब्रा हामी सबैलाई थाहा छ । हामी सबैले पत्रिका वा किताबमा यसको तस्बिरहरू पनि देखेका छौँ । जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् । प्रकृतिले हरेकलाई विभिन्न प्रकारको शरीर, आकार र रङ्ग दिएको छ । तर, जेब्राको शरीरमा कालो र सेतो धर्काले धेरैको मनमा विभिन्न प्रश्नहरू उब्जाएको छ ।

सायद तपाईँको मनमा पनि यो प्रश्न उठेको होला । जेब्रा एक स्तनधारी जनवार हो । यो झट्ट हेर्दा घोडाजस्तो देखिए पनि अकारमा घोडाभन्दा अलिक सानो हुन्छ । शरीरमा कालो धर्काका कारण जेब्रा हेर्दा निकै सुन्दर देखिन्छन् । अध्ययन अनुसार जेब्राको शरीरमा भएको रोग फैलने र विभिन्न रगत चुस्ने किराहरूबाट बचाउन मद्दत गर्ने पनि निष्कर्ष निकालेका छन् ।

त्यति मात्र होइन, कालो धर्काहरूले जेब्रालाई अरू मांसाहारी जनावरहरूबाट बचाउने गर्छ । सुन्दा अचम्म लाग्न सक्छ, यस्तो रङ्गले सिंहजस्ता सिकारी जनवारहरूबाट बच्न कसरी मद्दत गर्छन् त भनेर । सिंहहरू रङ्ग छुट्टाउन नसक्ने अर्थात् कलर ब्लाइन्ड हुन्छन् । त्यसैले, उनीहरूको नजरमा जेब्राको शरीरमा भएको कालो रङ्गको बनावट र घाँसको बनावट मिल्ने हुन्छ ।

यस्तो अवस्थामा तिनीहरू घाँसमा नहल्ली बस्दा सिंहलाई चिन्न निकै गाह्रो पर्छ । अन्य सिकारी जनवारहरूबाट बच्न तिनीहरूको शरीरको धर्काले केही हदसम्म मद्दत गर्छ । तर त्यस्ता जनावरहरूबाट तिनीहरूलाई बचाउने मुख्य हतियार भनेको जेब्राको समूहमा सँगै हिँड्ने बानी हुन्छ । जेब्राहरू प्रायः सधैँ ठूलो समूह बनाएर एकैठाउँमा बस्ने हुँदा सिंह पनि कहिलेकाहीँ तिनीहरूलाई घाँस भनेर झुक्किने गर्छन् ।

र, सबै जेब्रालाई ठूलो जनवार ठानेर आक्रमण गर्ने आँट गर्दैन । वैज्ञानिकका अनुसार जेब्राले खानेकुरा ढिलोगरी पचाउने गर्छ त्यही कारण उसले खानेकुरा खाएर बस्नको लागि अफ्रिकाको गर्मीमा लामो समय खुला भागमा उभिनुपर्ने हुन्छ । र, त्यसरी घाममा उभिन जेब्राको शरीरमा हुने उक्त धर्काले तातो घाममा गर्मी हुनबाट बचाउने गर्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १३:४५

लोकप्रिय