सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार २७ गते बिहीवारको राशिफल

२०८१ असार २७ गते बिहीवार, ११ जुलाई २०२४ । आषाढ शुक्लपक्ष, पञ्चमी तिथि, ८ः३६ बजेपछि षष्ठी । पूर्वफाल्गुनी नक्षत्र, १२ः३५ बजेपछि उत्तरफाल्गुनी । चन्द्रराशि सिंह, १९ः१३ बजेपछि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । तापनि अवसरले उत्साह जगाउनेछ । रोकिएको अध्ययन पूरा हुनेछ । समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । मिहिनेत गर्दा साँझतिर काम बनाउन सफल भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदै हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । अवसरले पनि उत्साह जगाउनेछ तर अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । भूमि तथा पशुधनबाट थोरै लाभ मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ । साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेको सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । प्रयत्नले नयाँ कामको जग बसाउन अवसर प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्च गरीकन सोचेको प्रगति नहुन सक्छ । फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ । साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने साइत जुर्न सक्छ । मनपर्ने वस्तु उपहारका रूपमा प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ । मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुटाउन सकिनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । आफ्नो रकम अरूका लागि खर्चनुपर्ला । साँझतिर अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले खर्च बढाउनेछ । आँटेको काम रोकिन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला । काममा श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । वचन हार्न नसक्दा दुःख पाइनेछ । तापनि चिताएको काम बिस्तारै सम्पादन हुनेछ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि र व्यापारमा फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ । साँझतिर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । कमजोरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला । व्यस्तता बढ्नेछ । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । साँझदेखि स्थितिमा सुधार आउनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ । रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ । परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार ०७:३७

लोकप्रिय