सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार २४ गते सोमवारको राशिफल

२०८१ असार २४ गते सोमवार, ८ जुलाई २०२४ । आषाढ शुक्लपक्ष, तृतीया तिथि । तिष्य नक्षत्र, ६ः२५ बजेपछि अश्लेषा । चन्द्रराशि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ । आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । अग्रजहरूको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । काम बन्नाले मनग्य धन आर्जन हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ । बनिसकेको काम दोहोर्याउनुपर्ला । समय दिन नसक्दा काम अधुरो रहनेछ । लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । साथीभाइको सहयोगले यात्रा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

चुनौतीपूर्ण काम सम्पादन गरेर पनि धन आर्जन गर्न सकिनेछ । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला । खर्च बढ्नाले अर्थअभाव देखिए पनि आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ । अवसरका लागि दौडधुप गर्नुपरे पनि रोकिएका काम बन्नेछन् । पछिका लागि लगानी बढाउने समय छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

चिताएको काम सम्पादन हुनेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ । भौतिक साधन जुट्नाले व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ । शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ । गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । तर काममा साथीभाइबाट सहयोग नमिल्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्नेछन् । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । व्यवसायको सन्दर्भमा यात्राको साइत जुर्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । स्वास्थ्य कमजोर हुनेछ भने काममा विलम्ब हुन सक्छ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । तत्काल फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ०७:०५

लोकप्रिय