सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार २० गते बिहीवारको राशिफल

२०८१ असार २० गते बिहीवार, ४ जुलाई २०२४ । आषाढ कृष्णपक्ष, त्रयोदशी तिथि, ५ः३७ बजेपछि चतुर्दशी । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, १६ः२४ बजेपछि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । पेसा–व्यवसायमा सामान्य प्रगति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ । व्यापारमा फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । साँझतिर फजुल खर्च बढ्नेछ । अरूको भरपर्दा आफ्नो फाइदा गुम्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आकस्मिक खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन् । मिहिनेतले नयाँ अवसर दिलाउनेछ र मनग्य लाभ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिन्छ । बीचमा काम अड्किनाले रकम सहजै हातलागी नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सापटी वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिले रोकिएको कामले उत्साह जगाउनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट लाभ हुनेछ । तर उठ्नुपर्ने रकम अरूले हत्याउन सक्छन् । पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । पेसा–व्यवसायमा कामको चाप बढ्नेछ । फाइदा कम हुनाले जोश–जाँगरमा कमी आउनेछ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन् । तापनि साँझतिर गुनासो सुन्ने र सहयोग जुटाउनेहरू फेला पर्नेछन् । प्रयास गर्दा काम बन्नेछ र पछिका लागि जग बसाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य कमजोर रहने समय छ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । व्यावसायिक सफलताले हौसला जगाउनेछ । साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ । स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ । प्रतिस्पर्धीहरूलाई पन्छाउँदै उपलब्धि हातपार्न पनि सफल भइनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । साँझतिर काम बिग्रने भयले सताउनेछ । अस्वस्थताका बाबजुद श्रम गर्नुपर्ला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँअवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा फाइदा हुनेछ । साथीभाइको सहयोग जुट्नाले राम्रो प्रतिफल प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट मनग्य लाभ मिल्नेछ । प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूको मुख ताक्ने बानीले आफू पछि परिनेछ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ०७:१४

लोकप्रिय