सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।

हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । गएरातिदेखि नै लागू भएको छ । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजल तथा मट्टितेल १५६ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०७:३९

लोकप्रिय