सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार १७ गते सोमवारको राशिफल

२०८१ असार १७ गते सोमवार, १ जुलाई २०२४ । आषाढ कृष्णपक्ष, दशमी तिथि, १०ः५२ बजेपछि एकादशी । अश्विनी नक्षत्र, ७ः३४ बजेपछि भरणी । चन्द्रराशि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । आँटले काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

गरेको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । जिम्मेवारी बढ्नेछन् । मुख्य काममा बाधा हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ । काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला । पढाइलेखाइमा पनि समय दिन नसकिएला । अरूको भरपर्दा काम रोकिन सक्छ, सजग रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिको चक्रमा अलमलिनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । समयमा समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आँटेका काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले थप उत्साह जगाउनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित हुनेछ । सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ । भौतिक साधन जुट्नेछन् र दिगो काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले व्यर्थैमा दुःख पाइनेछ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि तथा पेसा–व्यवसायमा प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

वादविवादमा अघि सर्दा काम रोकिन सक्छ । समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । अर्थ अभाव समेत देखापर्न सक्छ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०७:३५

लोकप्रिय