सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार १६ गते आइतवारको राशिफल

२०८१ असार १६ गते आइतवार, ३० जुन २०२४ । आषाढ कृष्णपक्ष, नवमी तिथि, १३ः०९ बजेपछि दशमी । रेवती नक्षत्र, ९ः०४ बजेपछि अश्विनी । चन्द्रराशि मीन, ९ः०४ बजेपछि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थअभावले विशेष काम रोकिन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तर अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउलान् । टाढाका साथीभाइ नजिकिनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सुरुमा रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । आवश्यक भौतिक साधन जुट्नेछन् । तर लगानीका रूपमा सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ । अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला । इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । शारीरिक कमजोरीले चिन्ता बढाउला । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । आँटेको काम रोकिन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । सानातिना घरेलु कामले अल्झाउन सक्छ । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । लेनदेनमा विवाद हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसरले पछ्याए पनि परिस्थितिवश पछि परिएला । समय दिन नसक्दा लक्ष्य प्राप्ति नहुन सक्छ । प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ । दिगो कामलाई केही समय पर्खनुपर्ला । पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ । बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

निर्णय लिएर पनि परिस्थिति अनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गरिएका व्यवसायमा मनग्य धनलाभ हुनेछ । सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आत्मविश्वासको कमीले पछि परिएला । काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ । ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला । शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादले व्यर्थैमा मानहानि गराउनेछ । आजको श्रमबाट पछिलाई लाभ हुनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

प्रकाशित मिति : १६ असार २०८१, आइतवार ०८:०५

लोकप्रिय