सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार १३ गते बिहीवारको राशिफल

२०८१ असार १३ गते बिहीवार, २७ जुन २०२४ । आषाढ कृष्णपक्ष, षष्ठी तिथि । शतभिषा नक्षत्र, १४ः०० बजेपछि पूर्वभाद्रपदा । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । चिताएको काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तत्काल फाइदा नहुने काममा अलमल हुनेछ । तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रयत्न गर्दा अवसर पाइनेछ । तर आलस्य गर्ने प्रवृत्तिले काममा पछि परिनेछ । बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला । श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ । सहयोगी जुटाउन नसकिएला । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने समय छ । अवसरका लागि केही त्याग गर्नुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यात्रा र भेटघाटमा अलमल हुनेछ । लेनदेनमा कुरा नमिल्दा व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन् । मिहिनेतले उपलब्धि दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ । चिताएका काम सम्पादन हुनेछन् । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला । केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । कामले प्रतिष्ठा दिलाउनेछ । नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । नहुने काममा बलजफ्ती प्रयत्न गर्दा नयाँखाले समस्या आउन सक्छन् । बुद्धिको उपयोग तथा सावधानीले समस्याबाट बच्न सकिनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्न सकिनेछ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । नतिजामा सुधार ल्याउन काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । केही सहयोगीहरू पनि भेटिनेछन् । तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार ०७:१०

लोकप्रिय