सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार १२ गते बुधवारको राशिफल

२०८१ असार १२ गते बुधवार, २६ जुन २०२४ । आषाढ कृष्णपक्ष, पञ्चमी तिथि । धनिष्ठा नक्षत्र, १५ः३१ बजेपछि शतभिषा । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ । विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आस मारेको कामले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले काममा बाधा पर्ने देखिन्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ । भौतिक साधन जुट्नाले काम सजिलै सम्पादन हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र काममा फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेतले नयाँ अवसर दिलाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला । योजना तत्काल सार्वजनिक नगर्नुहोला । कृषिबाट सामान्य लाभ हुनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । आमाको माध्यमबाट केही काम बनाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । व्यापारमा पनि लाभ हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आँटेको काम तत्काल बन्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । रोकिएको काम बन्न थाल्नेछ । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काममा अनायासै व्यवधान देखा पर्न सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ०७:३७

लोकप्रिय