सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार ७ गते शुक्रवारको राशिफल

२०८१ असार ७ गते शुक्रवार, २१ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि, ६ः५३ बजेदेखि पूर्णिमा । ज्येष्ठा नक्षत्र, १८ः३५ बजेपछि मूल । चन्द्रराशि वृश्चिक, १८ः३५ बजेपछि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सानोतिनो समस्याले अल्झाए पनि लाभांश हातपार्न सकिनेछ । तर केही काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा अलि कष्टपूर्ण हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ । अप्ठ्यारो स्थितिमा समेत केही काम बन्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ । रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । रोकिएको कामले पनि निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । साँझतिर स्वास्थ्य कमजोर बन्नेछ भने काम बिग्रने भयले पनि सताउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले सामाजिक उपलब्धि प्राप्त गर्न सकिनेछ । भौतिक साधन जुट्नाले दिगो काम थालनी हुनेछ । आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोगले विशेष लाभ उठाउन सकिनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । तापनि अवसरले उत्साह जगाउनेछ । रोकिएको अध्ययन पूरा हुनेछ । समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । मिहिनेत गर्दा साँझतिर काम बनाउन सफल भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विभिन्न अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नेछ । साथीभाइको सहयोग जुट्नेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । दाजुभाइमा आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धनसमेत कसिने समय छ । साँझदेखि घरायसी समस्या सुल्झाउन जुट्नुपर्ला । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन कम उपलब्धि प्राप्त हुनेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आर्थिक उपलब्धि कम भए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । साँझतिर स्थिति अनुकूल बन्नाले रोकिएका काम सम्पादन हुनेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ । खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ । मिहिनेत गर्दा आंशिक उपलब्धि प्राप्त गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आकस्मिक कामले खर्च बढाउन सक्छ । शरीरमा थकान महसुस हुनेछ । आफन्त र परिवारजनबाट टाढा भइने समय छ । बाध्यतावश विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । समस्यामा साथ दिने थोरै भेटिनेछन् । समस्या टार्न रकम सापट लिनुपर्ने आवश्यकता पर्न सक्छ । किनमेलमा बढी खर्च हुनेछ । फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै कामको जग बसाउन सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । साँझतिर खर्च बढ्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिले रोकिएको काम बन्नाले उत्साहित भइनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । साँझतिर उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ०६:५०

लोकप्रिय