सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार ६ गते बिहीवारको राशिफल

२०८१ असार ६ गते बिहीवार, २० जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष त्रयोदशी तिथि, ६ः४० बजेदेखि चतुर्दशी । अनुराधा नक्षत्र, १७ः५४ बजेपछि ज्येष्ठा । चन्द्रराशि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ । प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च भने बढ्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । सोझोपनको फाइदा अरूले उठाउन सक्छन् । परिस्थितिले आकस्मिक खर्च बढाउनेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । लाभांश खर्च भए पनि व्यापार बढ्नेछ । प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ । धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ । विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । शुभचिन्तकहरूको साथ भने पाइनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कर्जा बढे पनि धन प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा गुमाउनुपर्ने हुन सक्छ । काममा लगानी बढाउनुपर्ला । मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ । सोखले जीवनशैली खर्चिलो हुनेछ । तापनि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । फाइदा कमै भए पनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार ०८:४२

लोकप्रिय