सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार १ गते शनिवारको राशिफल

२०८१ असार १ गते शनिवार, १५ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष नवमी तिथि । उत्तरफाल्गुनी नक्षत्र, ७ः५९ बजेपछि हस्त । चन्द्रराशि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । यात्रा र किनमेलमा भने फजुल खर्च समेत हुनेछ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । विज्ञको मार्गदर्शन पाइनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ । कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ ।तर आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । कामले नाम र दाम दिलाउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । मिहिनेतले काम पूरा हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । आवेशमा काम गर्दा विवादमा परिनेछ । दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ । आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । मान–सम्मान पनि प्राप्त हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ । तर किनमेलमा खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही लाभांश भने अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । पहिले नै आस मारेको काम समेत सम्पादन हुनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्यमा जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ । सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । काममा संघर्ष गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ–सहयोग पाइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

केही खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । साथीभाइसँग भेटघाट हुनेछ । तर वादविवादले परिस्थिति खल्लो बनाउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ०९:१०

लोकप्रिय