सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ ३२ गते शुक्रवारको राशिफल

२०८१ जेठ ३२ गते शुक्रवार, १४ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि । पूर्वफाल्गुनी नक्षत्र, प्रातः ५ः२३ बजेपछि नवमी । चन्द्रराशि सिंह, १२ः०१ बजेपछि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययन र लेखनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहोला । प्रतिस्पर्धीहरूबाट पनि जोगिएर काम लिनुपर्ने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सम्भावना देखिए पनि समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ । आफ्नो भोगाधिकारमाथि अरूले राज गर्नेछन् । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । साथीभाइ र आफन्तको सहयोग जुटाउन मुस्किल पर्नेछ । दिउँसोदेखि आंशिक लाभ उठाउन सकिनेछ । समस्या दर्साउँदा नसोचेका व्यक्तिले काममा साथ दिनेछन् । गोपनीयतामा भने अलि सावधान रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ काम थालनी गर्न बिहानीको समय उपयुक्त रहनेछ । आफन्त र साथीभाइको साथ पाइनाले सोचेको लाभ उठ्नेछ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ । अवसरवादीहरूले दुःख दिन सक्छन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ काम थालनी गर्न सकिनेछ । आफन्त र साथीभाइको साथ पाइनाले सोचेको लाभ उठ्नेछ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । आयस्रोत बढ्नेछ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । व्यापारमा पनि मनग्य फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय आएको छ । अध्ययन र लेखनमा निखारता आउनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर लगानीमा धन बाहिरिने सम्भावना छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आवश्यक भौतिक साधन भने सजिलै जुट्नेछन् । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । प्रयत्न गर्दा काम भने बन्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिउँसोदेखि नयाँ कामको अवसर फेला पर्नेछ । तर, केही विवादास्पद कामको जिम्मेवारी लिनुपर्ने देखिन्छ । ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहने समय छ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । धेरै आफन्तसँग सम्पर्क बढ्नेछ । तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ । प्रेमको बन्धन कमजोर बन्नेछ । व्यापारमा भने आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ । वादविवादबाट टाढा रहनुहोला । मध्याह्नपछि व्यापारको बहानामा यात्रा गर्ने साइत जुर्न सक्छ । किनमेलमा खर्च बढ्नेछ । बोलीको लय खस्रो बन्ने हुँदा साथीभाइ टाढिन सक्छन्, सजग रहनुहोला ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ०५:४०

लोकप्रिय